OSNepal आइतबार, मंसिर १९ २०७८

निगुरो टिप्न जङ्गल गएकी लतुमाईको हात्तीले लियो लखेटी लखेटी ज्यान

निगुरो टिप्न जङ्गल गएकी लतुमाईको हात्तीले लियो लखेटी लखेटी ज्यान

  • OSNepal
  • बिहिबार, असोज १४ २०७८


निगुरो टिप्न जङ्गल गएकी लतुमाईको हात्तीले लियो लखेटी लखेटी ज्यान
Reading Time: < 1 minute

झापा- झापामा जङ्गली हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । निगुरो टिप्न जङ्गल गएकी विर्तामोड नगरपालिका–८ नेपाल चोककी ५० वर्षीया लतुमाई मर्डीको हात्तीको आक्रमणबाट ज्यान गएको हो ।

भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढी सामुदायिक वनमा उनी श्रीमान् सुकलाल मर्डीसँगै निगुरो टिप्न गएकी हुन् । निगुरो टिप्दैगर्दा हात्तीले सँुढले च्याप्दा लतुमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । घटनाबारे सुकलालले अस्थायी प्रहरी चौकी गरामनीलाई जानकारी गराएका थिए । लतुमाईको शव वनभित्रको सेती खोलाको पैनीमा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड