के नेपोटिज्मका कारण बिग बोस १५ बाट बाहिर भएकी हुन् बिजेता दिब्या अग्रवाल ? करण जोहरका बिषयमा मुख खोलीन् — OSNepal

के नेपोटिज्मका कारण बिग बोस १५ बाट बाहिर भएकी हुन् बिजेता दिब्या अग्रवाल ? करण जोहरका बिषयमा मुख खोलीन्

LC (KTM) September 30, 2021 0

बिग बोसमा हरेक बर्ष प्रतिष्पर्धीहरुको पक्ष लिने आरोप लाग्ने गरेको छ । यस बर्ष शमिता शेट्टीको शो मा तेस्रो पटक प्रबेशलाई लिएर पक्षपाती निर्णय भएको बताइएको छ । बिग बोस ओटीटीका दौरानमा पनि होस्ट करण जोहर तथा मेकर्सले शमिता शेट्टीलाई काखी च्यापेको आरोप लगाएको छ । यी सबै कुरा पछि बिग बोस ओटीटीको बिजेता दिब्या अग्रवालले बिग बोसमा भएको नाताबाद र पक्षपातको बिषयमा बताएकी छिन् ।

आज तक संगको कुराकानीमा उनलाई के बिग बोस १५ मा शमिता शेट्टीलाई तेस्रो पटक मौका मिल्नु पक्षपता हो ?यो प्रश्नको जवाफ दिदै उनले भनिन्– म यति बताउन सक्छु कि उनी ज्यादा अनुभवी छिन् , धेरै ब्यक्तिलाई चिन्छिन्, जिन्दगीमा यस्तो हुन्छ चाहे त्यो कर्पाेरेट होस् या इण्डस्ट्री । मैले आफ्नो जिन्दगीमा यस्तो धेरै देखेको छु त्यसैले मलाई कुनै अनौठो लाग्दैन ।

उनलाई करण जोहर संगको लडाइका कारण बिग बोस १५ बाट आउट गरिएको हो भन्ने प्रश्नमा उनी भन्छिन्– मलाई यस्तो लाग्दैन, किनकी त्यो एक अवस्था थियो । तर शो को अन्त्यमा उनले मलाई जान्ने कोशीश गरेका थिए । उनले बिग बोस ओटीटीमा बिग बोसको गडफादर सलमान खानलाई भेट्न नदिएकोमा भने चित्त दुखाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर