चरी समूहका गुण्डा ‘राते’ ठमेलबाट पक्राउ



काठमाडौँ । ज्यान मार्ने मुद्दाका फरार आरोपित एकजना गुण्डा पक्राउ परेका छन् । पक्राउ पर्नेमा चरी समूहका गुण्डा राते भन्ने सुजन श्रेष्ठ रहेका छन् । नयाँबजार बस्दै आएका श्रेष्ठलाई बिहीबार राती १० बजे ठमेलबाट प्रहरीले पक्राउ गरेको हो ।

०७५ चैत १८ गते ठमेलस्थित एलओडी क्लब अगाडि रेम्बो भन्ने अजय गुरुङ र रातेले काठमाडौँ महानगरपालिका–२६ ठमेलमा बस्दै आएका विष्णु कठायतमाथि आक्रमण गरेका थिए । अजय भने फरार छन् ।

कठायतलाई पछाडिबाट रडले टाउकोमा हानेर उनीहरु फरार भएका थिए । रातेलाई महानगरीय प्रहरी वृत्त लैनचौर पठाइएको बताइएको छ ।

Comment