राम्रो काम गरेर आउने साथी पाए माओवादी अध्यक्ष छाड्न प्रचण्ड तयार ! — OSNepal

राम्रो काम गरेर आउने साथी पाए माओवादी अध्यक्ष छाड्न प्रचण्ड तयार !

LC (KTM) September 30, 2021 0

काठमाडौं, १४ असोज-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् । राम्रो विचारधारा, कार्यदिशा बोकेको, राम्रो काम गरेर आउने साथीलाई बाटो छोडिदिने उनको भनाइ छ ।

अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले योग्य व्यक्ति आए आफूले जिम्मेवारीबाट बिदा लिन चाहेको बताए ।’माओवादीभित्रै प्रचण्डको काम छैन, आफैँ अघि बढ्नुपर्‍यो भन्ने सुनिन्छ ।

मलाई के लाग्छ भने भित्रै बसेर मजाले किताब लेख्न पाए हुन्थ्यो, जिम्मेवारी लिने त्यस्तो पात्र पाए त’, उनले भने, ‘राम्रो विचार, कार्यदिशा लिएर आउनुहोस्, म उत्तराधिकारी घोषणा गरेर बिदा लिन्छु । तर, माओले लिम्पियालाई उत्तराधिकारी बनाएजस्तो हतार गर्दिनँ । त्यही लिम्पिया माओलाई गोली हान्न गयो । त्यस्तो हत्यारा नेतृत्व चाहिँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर