चर्चित बलर सन्दिप लामिछाने कारबाहीमा , स्लो ओभर रेटको आरोप — OSNepal

चर्चित बलर सन्दिप लामिछाने कारबाहीमा , स्लो ओभर रेटको आरोप

LC (KTM) September 30, 2021 0

नेपालका चर्चित क्रिकेटर तथा अन्र्तराष्ट्रि स्तरका सबै खेल खेलिसकेका खेलाडी सन्दिप लामिछाने कारबाहीमा परेका छन् । काठमाडौं किंग्स ११ का कप्तान सन्दीप लामिछानेलाई एभरेष्ट प्रिमियर लिग ईपीएल मा जरिवानाको कारबाही भएको हो । उनलाई स्लो ओभर रेट’ का कारण १० प्रतिशत ‘म्याच फि’ जरिवाना लगाइएको म्याचरेफ्रि मोहम्मद सफिकले जानकारी दिए ।

उनका अनुसार एक ओभर स्लो ओभर रेटका कारण उक्त रकम जरिवाना लागेको हो । सन्दीपले चितवन टाइगर्सविरुद्धको खेलमा स्लो ओभर रेट पाएका थिए । अब सन्दीप बाहेक चितवनविरुद्ध प्लेइङ ११ मा खेलेका बाँकी १० खेलाडीलाई ‘म्याच फि’ को २ प्रतिशत जरिवाना काटिने बताइएको छ। आजको पहिलो खेलमा काठमाडौं चितवन टाइगर्स ३ विकेटको पराजित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर