आईपीएलको शीर्षस्थानमा चेन्नई , हैदराबाद ६ विकेटले पराजित — OSNepal

आईपीएलको शीर्षस्थानमा चेन्नई , हैदराबाद ६ विकेटले पराजित

LC (KTM) September 30, 2021 0

हैदराबादलाई हराउँदै आईपीएल टी ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले शानदार जित निकालेको छ । दुबईको सारजाहमा आज राति सम्पन्न भएको चेन्नईले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको हो । हैदरावादले चेन्नई समक्ष १ सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ४५ रन बनाए । फाप डु प्लेसिसले ४१ , मोइन अलि र अम्बाती रायडु ले समान १७, कप्तान महेन्द्र सिंह धोनीले अविजित १४ रन जोडे । हैदरावादका जासन होल्डरले ३ तथा राशिद खानले १ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रनको स्कोर खडा गरेको थियो । हैदरावादका रिद्दिमान शाहले ४४ रन बनाएका थिए । यस जितसँगै शीर्ष स्थानको चेन्नईले ११ खेलमा १८ अंक जोडेको छ ।हैदरावाद ४ अंक जोडेर पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर