यि ठाँउबाट दसैँमा घर फर्किनेको कोरोना परीक्षण अनिवार्य गरिने — OSNepal

यि ठाँउबाट दसैँमा घर फर्किनेको कोरोना परीक्षण अनिवार्य गरिने

LC (KTM) October 01, 2021 0

दसैँ नजिकिएसँगै रोजगारीका लागि देशबाहिर रहेकाहरु घर फर्कन थालेका छन् । भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट पनि घर फर्किनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ ।

रोजगारीका लागी भारतका विभिन्न सहरमा रहेका नेपाली मजदुर दसँैका लागि घर फर्किरहेका छन् । झुलाघाट नाका भएर हाल दैनिक ७० जनाभन्दा बढी नेपाल भित्रिने गरेका सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ । सामान्य समयमा दैनिक झण्डै ३० जना फर्किने गरेका थिए । झुलाघाट नाकाभएर दिनहुँ नेपाल भित्रिनेको सङ्ख्या बढ्दै गएको छ ।

उक्त नाका भएर स्वदेश फर्किने नागरिकको अनिवार्य रुपमा कोरोना परीक्षण गर्ने गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले सीमा नाकामा परीक्षण अनिवार्य गरिएको हो । उहाँले भन्नुभयो, “नाकामै हेल्थ डेस्क स्थापना गरेर परीक्षण गरिरहेका छौँ ।”

हेल्थ डेस्क स्थापना गरी उनीहरुको एन्टिजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको छ । झुलाघाट नाकाभएर सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका साथै कर्णाली प्रदेशका हुम्ला, जुम्ला, कालिकोटलगायतका नागरिक आवतजावत गर्ने गर्दछन् । स्वदेशमा रोजगारीको अवसर नहुँदा यहाँका नागरिकलाई रोजगारीका लागि भारतकै भर पर्नुपर्ने बाध्यता छ । जिल्लामा हाल १७ कोरोनाका सक्रिय सङ्क्रमित छन् हालसम्म १८ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर