मामा गोबिन्दा र भान्जा कृष्णाको बिबाद अझै टुगिंएन, भान्जा कृष्णाले लगाए गोबिन्दालाई यस्ता आरोपहरु — OSNepal

मामा गोबिन्दा र भान्जा कृष्णाको बिबाद अझै टुगिंएन, भान्जा कृष्णाले लगाए गोबिन्दालाई यस्ता आरोपहरु

LC (KTM) October 01, 2021 0

बलिउड अभिनेता गोबिन्दा तथा उनका भान्जा कमेडियन कृष्णा अभिषेक बीचको बिबाद झन् झन् चर्किदै गएको छ । कश्मीरा शाह र गोबिन्दाकी पत्नी सुनीता एक अर्का प्रति सामाजिक सञ्जालमा कटाक्ष प्रहार गर्नमै ब्यस्त रहेका छन् । उनीहरुको वाक यद्ध झन् झन् बल्झिदो अवस्थामा रहेको छ । उता भान्जा कृष्णा मामा गोबिन्दा संग माफीको लागि भन्दा भन्दा थाकिसकेका छन् ।

केही दिन अघि सुनिताले कश्मिरालाई एकदमै खराब बुहारीको संज्ञा दिएकी थिईन् । जसको जवाफ अहिले कश्मिराले फर्काएकी छिन् । आफुलाई खराब बुहारीको ट्याग लगाई दिए पछि सुनीता आहुजालाई ट्वीटर बाट कडा जवाफ फर्काएकी छिन् । कश्मीराले ट्वीटरमा लेखेकी छिन्–वर्क ट्रिपका कारण बाहिर थिए । भखैरै फर्किएकी छु तथा देखिरहेको छु कि हाम्रो पारिवारिक कुरामा केही ब्यक्ति हात धुएर लागि परेका छन् ।

एक बयान पढिरहेका बेला मलाई मेरो छोरोले सोध्यो कि खराब बुहारी भनेको के हो ? मैले जवाफ दिए त्यो बुहारी जसले एक क्रुर सासु पाएकी छे । यसअघि सुनिताले परिवारमा झगडा त्यतिबेला हुन्छ जब हामीहरु खराब बुहारीलाई घर ल्याउँछौ भनेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर