यस्ता छन् दशैँका साइत — OSNepal

यस्ता छन् दशैँका साइत

LC (KTM) October 01, 2021 0

काठमाडौं, १४ असोज – यस वर्षको दशैँको शुभसाइत गृह मन्त्रालयले सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाबाट प्राप्त पत्रको आधारमा गृहका उपसचिव भीमकान्त शर्माले शुभसाइत सार्वजनिक गरेका हुन् । उनका अनुसार टीकाको साइत २९ असोज १० बजेर २ मिनेटमा रहेको छ ।

दशैँसँग सम्बन्धित साइतहरू

१. २१ असोज बिहीबार- नवरात्र आरम्भ, घटस्थापना बिहान ११:४६ बजे

२. २२ असोज शुक्रबार- झण्डा फेर्ने, बिहान ११:५६ बजे (पश्चिम मोहडा)

३. २५ असोज सोमबार- श्री पचलीभैरव यात्रा

४. २६ असोज मंगलबार- फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:११ बजे

स्थिरासन बिहान ८:४४ बजे

५. २७ असोज बुधबार- महाअष्टमी, कालरात्रि

६. २८ असोज बिहीबार- महानवमी

७. २९ असोज शुक्रबार- विजया दशमी, देवी विसर्जन बिहान ८:१९ बजे

टीका- बिहान १०:२ बजे

श्री तुलजाभवानी यात्रा- बिहान ७: १ बजे

स्थिरासन- बिहान ८:३२ बजे, खड्गयात्रा

८. २ कात्तिक मंगलबार- अखिल बलिपूर्ति

९. २ कात्तिक मंगलबार- कोजाग्रत व्रत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर