• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

प्रचण्डकालाई लाग्यो अर्को कडा झड्का, माओवादी नेताहरुले धमाधम पार्टी छाडेर एमालेमा प्रवेश गर्दै

प्रचण्डकालाई लाग्यो अर्को कडा झड्का, माओवादी नेताहरुले धमाधम पार्टी छाडेर एमालेमा प्रवेश गर्दै


  • ओएसनेपाल
  • असोज १५ २०७८, शुक्रबार
  • १:०१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 3.4K
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता प्रकाश रोकायाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले आज पत्रकार सम्मेलन गरी माओवादी केन्द्र परित्यागको घोषणा गर्दै नेकपा एमालेमा फर्किने बताएका हुन् । तत्कालीन माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहेका उनले माओवादी केन्द्रले अवलम्बन गरेका नीतिले पार्टीमा रहेर काम गर्न नसकिने निष्कर्ष सुनाउँदै पार्टी परित्याग गरेको जनाएका हुन् ।

    एमालेमा जानकोा लागि अहिले नेतासँग अन्तिम छलफल भइरहेको उनको भनाइ छ । ‘कम्युनिस्ट आन्दोलन बचाउनका लागि अब एमालेसँग अन्तिम छलफलको क्रममा छु । एमालेले जस्तो किसिमको जिम्मेवारी दिए पनि म त्यो जिम्मेवारी निर्वाह गर्न तयार छु’, उनले भने ।

    उनले कम्युनिस्ट आन्दोलन बचाउनका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भइरहेको बताए । माओवादी केन्द्र लाखौँ कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्दै जनताको इच्छा र चाहनाविपरीत अगाडि बढिरहेको उनको आरोप छ । सरकार गिराउने, पार्टी फुटाउने र सम्मानित सर्वोच्च अदालतबाट प्रधानमन्त्री चयन गर्न आदेश जारी गर्ने र गराउनेजस्ता शक्ति पृथकीकरण सिद्धान्तविपरीतका साथै अलोकतान्त्रिक क्रियाकलापको विरुद्ध आफू उभिएको उनले स्पष्ट पारे ।

    उनी २०७० सालमा एमाले परित्याग गरी २०७१ सालमा तत्कालीन एकीकृत माओवादीमा प्रवेश गरेका थिए । रोकाया २०४७ सालदेखि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध भएर प्रारम्भिक कमिटी, इलाका कमिटी हुँदै २०६३ सालमा अनेरास्वियुको केन्द्रीय सदस्य भएका थिए ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend