प्रदेश ३ को राजधानी हेटौंडा बनाइने भन्ने चर्चासँगै नेकपाका बबण्डर नै मच्चियो, को को सहमत ? को छन् असहमच ? हेर्नुहोस्



हेटौंडा, पुस २० प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने नेकपा सचिवालयको निर्णयमा पार्टीका प्रदेशसभा सदस्यले आपत्ति जनाएका छन्।

प्रदेशसभाले गर्ने निर्णयमा पार्टी केन्द्रबाट हस्तक्षेप भएको आरोप उनीहरूको छ। शुक्रबार र शनिबार प्रदेश संसदीय दलको बैठकमा बोल्ने कतिपय सदस्यहरूले भने पार्टी सचिवालयको निर्णय मान्न बाध्य हुनुपरेको गुनासो गरेका छन् ।

बैठकमा शुक्रबार बोलेका १७ जना प्रदेशसभा सदस्यमध्ये अधिकांशले पार्टी निर्णयको विरोध गरेका थिए। शनिबार पनि ३ जना सदस्यले पार्टी निर्णयको विरोध गरेका छन् ।

प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले संविधानले व्यवस्था गरेको अधिकार प्रदेशसभाले स्वतन्त्र ढंगले प्रयोग गर्न पाउनुपर्ने बताए। अष्टलक्ष्मी शाक्य, केशव स्थापित, राजेश शाक्यलगायत पनि सचिवालयको निर्णय सहजै मान्ने पक्षमा छैनन् । यो खबर आजको अन्निपूर्ण पोस्ट दैनिक मा छापिएको छ ।

Comment
error: Content is protected !!