निराश हुँदै अभिनेत्री मल्लिका शेरावतले भनिन् ‘प्रस्ताव’ नमान्दा म कामबाट निकालिदिन्थे — OSNepal

निराश हुँदै अभिनेत्री मल्लिका शेरावतले भनिन् ‘प्रस्ताव’ नमान्दा म कामबाट निकालिदिन्थे

LC (KTM) October 01, 2021 0

मुम्बई । बलिउड अभिनेत्री मल्लिका शेरावत वेब सिरिज ‘नकाब’ का कारण निकै चर्चामा छन् । हालै उनले एक अन्तर्वार्तामा अभिनय क्षेत्रमा लाग्दा आफ्नो नैतिक मूल्य मान्यताको सम्झौता नगरेको जिकिर गरेकी छन् । साथै उनले बलिउडमा हुने ‘कास्टिङ काउच’ को विषयमा समेत बोलेकी छन् ।

अभिनेत्री शेरावतले आफूले पनि केही भए पनि कास्टिङ काउचको समस्या भोग्नुपरेको सुनाइन् । उनले स्क्रिनमा गरेका कुरालाई लिएर वास्तविक जीवनमा पनि आफूसँग सम्बन्ध राख्न खोज्ने थुप्रैको ‘प्रस्ताव’ लाई लत्याएको जिकिर गरिन् । जसका कारण उनलाई काम गरिरहेको प्रोजेक्टबाटै निकालिदिएको बताइन् । उनले भनिन्, ‘पुरुष आफ्नो फाइदा निकाल्ने सोच्छन् ।सौर्य दैनिकमा खबर छ । स्क्रिनमा सजिलैसँग गरेको कुरा वास्तविक जीवनमा किन गर्न नखोजेको भन्दै म संलग्न थुप्रै प्रोजेक्ट मेरो हातबाट छुटेको छ । प्राइभेट रुपमा उनीहरुसँग सम्बन्ध बनाएन भनेर कामबाट निकालेका छन् ।’

उनले चलचित्र क्षेत्रमा महिलाप्रतिको व्यवहार समाजकै मानसिकताले उब्जिएको कारण रहेको बताइन् । उनले यो सबै हाम्रो समाजकै प्रतिबिम्ब भएको जिकिर गर्दै भनिन्, ‘पुरुषले महिलालाई कुन रुपमा सोच्छन् भन्ने कुरा नै हामीले चलचित्र क्षेत्रमा पनि भोग्नुपरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर