स्ट्राइकर ह्यारी केनको ह्याट्रिकमा टोटनहमद्धारा एनएस मुरामाथि ५–१ अन्तरले पराजित — OSNepal

स्ट्राइकर ह्यारी केनको ह्याट्रिकमा टोटनहमद्धारा एनएस मुरामाथि ५–१ अन्तरले पराजित

LC (KTM) October 01, 2021 0

काठमाडौं, १५ असोज – स्ट्राइकर ह्यारी केनको ह्याट्रिक मद्धतमा युरोपा कन्फ्रेन्स लिगमा इंग्लिस क्लब टोटनहमले सानदार जित दर्ता गरेको छ । बिहीबार राति घरेलु मैदानमा टोटेनहमले स्लाभेनियाको एनएस मुरामाथि ५–१ अन्तरको फराकिलो जित निकालेको हो ।

दोस्रो हाफमा मैदान छिरेका केनले २० मिनेटको अन्तरमा ह्याट्रिक पुरा गरेका थिए । यस्तै डेल अली र जियोभानी लो सेल्सोले समान एक गोल गरे । पराजित मुराका जिगा कोअसले एक गोल फर्काए ।

टोटेनहमले खेलको चौथो मिनेटमा डेल अलीको पेनाल्टी गोलबाट अग्रता बनाएको थियो । आठौं मिनेटमा जियोभानी लो सेल्सोले २–० को अग्रता बनाए । ५३औं मिनेटमा जिगाले गोल गर्दै दुरी २–१ को अवस्थामा ल्याए । त्यसपछि बैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका केनले ६८, ७६ र ८६ मिनेटमा ह्याट्रिक पुरा गर्दै टोलीलाई ५–१ को जित दिलाए ।

जितसँगै टोटेनहम समूह ‘जी’ मा २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । समान ४ अंकको रेनेस दोस्रो स्थानमा छ । भिटेसको ३ तथा मुरा अंकविहीन हुदै पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर