'बिग बोस सिजन १५' मा सुशान्तकी गर्लफ्रेण्ड रियालाई निर्माताले प्रति हप्ता ३५ लाख रुपैंयाँ पारिश्रमिकको गरे अफर — OSNepal

‘बिग बोस सिजन १५’ मा सुशान्तकी गर्लफ्रेण्ड रियालाई निर्माताले प्रति हप्ता ३५ लाख रुपैंयाँ पारिश्रमिकको गरे अफर

LC (KTM) October 01, 2021 0

टेलिभिजनको सर्वाधिक लोकप्रिय र बिबादास्पद शा मानिएको बिग बोस सिजन १५ सुरु हुन लागिरहेको छ । यसअघि बिग बोस ओटीटीले पनि दर्शकको राम्रै साथ पाएको थियो । अब आउने बिग बोस १५ को लागि प्रतिष्पर्धीहरुको नाम यतिबेला चर्चामा रहेको छ ।

कतिपयले शो अफर अस्विकार गरेर चर्चा कमाए भने कतिपयले शो मा भाग लिदै गर्दा चर्चा कमाउन सुरु गरेका छन् । यसैक्रममा बिग बोस १५ को प्रतिष्पर्धी रुपमा रहेकी सुशान्त सिंह राजपुतकी गर्लफ्रेण्ड अर्थात नायिका रिया चक्रवर्ती यतिबेला चर्चाको केन्द्र बनेकी छिन् ।

उनी बिग बोसमा सबैभन्दा महंगी प्रतिष्पर्धी समेत रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । निर्माताले उनलाई अहिले सम्मकै सबैभन्दा बढी रकममा शो मा भित्राउन लागेको बताइएको छ । इन्स्टाग्राम हेण्डल ‘बिग बोस १५’का अनुसार रियालाई निर्माताले प्रति हप्ता ३५ लाख रुपैंयाँ पारिश्रमिकको अफर गरेका छन् ।

शो मा अफर गरिएको यो रकम अहिलेसम्मकै ठूलो मानिएको छ । रिया सन् २०२० मा अभिनेता सुशान्त सिंह राजपुतको निधनका कारण एकदमै चर्चाको शिखरमा रहेकी छिन् । त्यहि कारण पनि शो लाई चलायमान बनाउन उनलाई अत्याधिक पारश्रमिक दिन लागिएको बुझिएको छ । उनले बिग बोस मा आफुलाई लागेका गंभीर आरोपहरु लाई आफ्नो ब्यवहारले जित्ने मौका समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर