जन्मदिन मनाएर मुम्बई फर्किए बिहे गर्न ठिक्क परेका आलिया र रणवीर कपुर — OSNepal

जन्मदिन मनाएर मुम्बई फर्किए बिहे गर्न ठिक्क परेका आलिया र रणवीर कपुर

LC (KTM) October 01, 2021 0

बलिउडमा जमेको जोडीहरु मध्ये एक हो अभिनेत्री आलिया भट्ट र रणवीर कपुरको । उनीहरु बीच अफेयर चलिरहेको छ । उनीहरु एक अर्कालाई डेट गरिरहेको पनि चार पाँच बर्ष भइसकेको छ । अब उनीहरु बिबाहको तयारीमा समेत रहेका छन् ।

दुबै बीचको परिवारमा जुन सुकै इभेन्ट भए पनि यी दूई जना संगै देखिने गरेका छन् । अब यहि जोडी केही दिन अघि राजस्थानका बिभिन्न ठाउँमा रमाईलो गरेर मुम्बई फर्किएका छन् । दुबै जना राजस्थान रणवीरको जन्मदिन मनाउन पुगेका थिए ।
उनीहरुले राजस्थानमा बसेर मस्ति गरेको फोटोहरु सामाजिक सञ्जालमा आए संगै जन्म दिन मनाएको कुरा बाहिर आएको हो । आलियाले समुन्द्र किनारमा दुबै जना संगै बसेको फोटो इन्स्टाग्राममा शेयर गरेकी थिईन् । उनीहरु दुबै जनाको फोटो पछाडी बाट खिचिएको छ ।

उनले यहि फोटो शेयर गर्दै लेखेकी छिन् -ह्याप्पी बर्थ डे माइ लाइफ । राजस्थानको सुजन जवाइ क्याम्पमा उनीहरुले रमाईलो पल गुजारेका थिए । उनीहरुले बिताएको उक्त एउटा टेन्टमा एकदिन बस्न १ लाख भन्दा खर्च लाग्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन् । त्यहाँ उनीहरुको एकदमै राम्रो स्वागत सत्कार समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर