घरमा लुकाइछिपाई राखेको अवैध काठ बरामद



राजापुर, २९ पुस  – बर्दियाको गुलरिया नगरपालिका–९ मथुराहरद्वारस्थित घरमा लुकाइछिपाई राखेको अवस्थामा प्रहरी टोलीले ठूलो मात्रामा अवैध काठ बरामद गरेको छ । गुलरिया–९ बस्ने ४० वर्षीय देशराज कुर्मीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

साल जातको काठ गोलिया सात, सिसम जातको काठ गोलिया तीन, सागुन जातको काठ नौ थान र अभियुक्त आवश्यक कार्यवाहीका लागि जिल्ला वन कार्यालय गुलरिया बर्दियामा पठाइएको बास्तोलाले बताउनुभयो ।(रासस)

error: Content is protected !!