वायु प्रदूषणका कारण ५९ लाख शिशुको जन्म समय अगावै, २८ लाखको तौल नै औसतभन्दा कम — OSNepal

वायु प्रदूषणका कारण ५९ लाख शिशुको जन्म समय अगावै, २८ लाखको तौल नै औसतभन्दा कम

LC (KTM) October 01, 2021 0

काठमाडौं, १५ असोज-मानव स्वास्थ्यका लागि घातक वायु प्रदूषणले शिशुको जन्ममा नै असर गरिरहेको एक अध्ययनले देखाएको छ ।२८ सेप्टेम्बरमा ‘जर्नल प्लोस मेडिसिन’प्रकाशित अध्ययन अनुसार विश्वमा हरेक वर्ष ५९ लाख शिशुको जन्म वायु प्रदूषणका कारण समय अगावै जन्म हुने गरेको छ ।

वायु प्रदूषणका कारण करिब २८ लाख नवजात शिशुको तौल नै औसतभन्दा कम रहेको पाइएको छ । एक सामान्य नवजात शिशुको तौल जन्मिदा औसतमा साढे दुई किलो वा त्योभन्दा बढी हुन्छ । तर, वायु प्रदूषणका कारण गर्भमै असर गर्दा तौल अझ कम भइरहेको अध्ययनले देखाएको हो ।

यो अध्ययनमा शोधकर्ताले घरभित्र र घरबाहिरको प्रदूषणको प्रभाव विश्लेषण गरेका छन् । ग्लोबल बर्डन अफ डिजिजको सन् २०१९ काे आँकडा अनुसार पाँच वर्षभन्दा कम उमेरमै हुने मृत्युदरमा ३४ प्रतिशत कारक कम तौल जिम्मेवार छ । जबकि, यही आयुका करिब २९ प्रतिशत बालबालिकाको मृत्युको कारकमा औसत समयभन्दा अगाडि नै जन्म लिनु रहेको छ ।

यो पहिलो अध्ययन हो, जसमा सोधकर्ताले विश्वस्तरमा वायु प्रदूषण र गर्भावस्थासँग जोडिएका विषयमा परेको असरबारे अध्ययन गरेका छन् । जसमा जन्मदा बखत गर्भस्थ शिशुको आयु, जन्मदा कम तौल र औसतभन्दा अगाडि नै जन्मनु समावेश गरिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषणको समस्या यति गम्भीर भइसकेको छ, कि विश्वमा करिब ९० प्रतिशत जनसंख्या प्रदूषित हावामा श्वास लिन बाध्य छ । त्यसैले वायु प्रदूषणलाई ‘साइलेन्स किलर’ पनि भन्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर