लद्दाखमा चीनका उत्तेजक गतिविधिको बदला लिने भारतको कडा चेतावनी — OSNepal

लद्दाखमा चीनका उत्तेजक गतिविधिको बदला लिने भारतको कडा चेतावनी

LC (KTM) October 01, 2021 0

लद्दाख, १५ असोज – भारत र चीनको सीमामा फेरि तनाब बढेको छ । लद्दाखमा चीनले आफ्ना सेना बस्ने ‘सेल्टर’ तयार गरेपछि दुई देशबीचको तनाव बढेको छ । लद्दाखका विभिन्न स्थानमा चीनको सेनाले ‘सेल्टर’ निर्माण गरेपछि दुई देशबीच केही समय मत्थर भएको तनाब पुनः बढेको हो ।

चीनले केही समयअगाडि लद्दाखको तासिंओंग, मन्जा, हट स्प्रिङ, चुरूपलगायतका स्थानमा सेल्टर बनाउनुका साथै गतिविधि तीब्र पारेको थियो ।सेल्टरबाहेक चीनले रसियामा बनेका एयर मिसाइल ब्याट्री र अन्य एन्टि–एयरक्राफ्ट प्रणाली जडान गरेको छ । भारतीय पक्षबाट हुनसक्ने हमलाको प्रतिरोध गर्न भन्दै चीनले यस्तो प्रणाली जडान गरेको हो ।
चीनले सिमामा उत्तेजक गतिविधि गरेको भन्दै भारतले बेइजिङको आलोचना गरेको छ । सीमामा चीनको एकपक्षीय र उत्तेजक गतिविधिले लद्दाखको शान्ति र सद्भावमा गम्भिर असर गरेको भारतले आरोप लगाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवत्ता अरिन्दम बाग्चीले चीनले सीमा क्षेत्रमा ठूलो संख्यामा सेना र हतियार परिचालन गरेको भन्दै भारतले पनि त्यसको उपर्युक्त जवाफ दिने चेतावनी दिएका छन् । पूर्वी लद्दाखमा दुई देशको सीमा छुट्टाउने लाईन अफ एक्चुल कन्ट्रोल (एलएसी) मा द्विपक्षीय सम्झौता र प्रोटोकलको चिनियाँ पक्षले चाँडो समाधान गर्ने भारतले विश्वास गरेको छ ।

यसअघि नयाँ दिल्लीले गैरकानूनी ढंगले चिनियाँ भूमि अतिक्रमण गरेको र दुई देशको तनाबको मुख्य जड भारत भएको बेईजिङले आरोप लगाएको थियो । तर, चीनको आरोपमा कुनै सत्यता नभएको बाग्चीले दाबी गरेका छन् । ‘चीनले सीमामा ठूलो संख्यामा सेना परिचालन गरी उत्तेजक गतिविधि तीब्र पारेकोले यस क्षेत्रको शान्ति र स्थिरतामा गम्भिर असर गरेको छ ।,’ उनले भने । चीनले सीमामा खटिएका सेनाका लागि मोडुलर कन्टेनरमा बस्न सक्ने नयाँ सेल्टर निर्माण गरेको भारतीय गुप्तचर निकायका अधिकारीहरूको एउटा प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर