नेकपा एमालेको विधान महाधिवेशन सुरु परिसरमा भरि अध्यक्ष ओलीको तस्विर — OSNepal

नेकपा एमालेको विधान महाधिवेशन सुरु परिसरमा भरि अध्यक्ष ओलीको तस्विर

LC (KTM) October 01, 2021 0

काठमाडौँ १५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा सुरु भएको छ ।

तीन दिन सम्म चल्ने विधान महाधिवेशनको पहिलो दिन आज ६ हजार भन्दा बढी प्रतिनिधिको सहभागीता रहेको छ ।
महाधिवेशनस्थल सम्मेलन केन्द्र परिसरका ठाउँठाउँमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पूर्ण कदको तस्विर राखिएको छ । हलको बाँयातर्फको कुनामा भने

पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तस्वीर राखिएको छ । जनताको बहुदलीय जनवाद’ लेखिएको ब्यानर समेत हलमा राखिएको छ ।

विधान महाधिवेशनको उद्घाटन भने अध्यक्ष ओलीले गर्ने भएका छन् । साथै ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर