दाउन्नेमा मालवाहक ट्रक पल्टियो — OSNepal

दाउन्नेमा मालवाहक ट्रक पल्टियो

LC (KTM) October 01, 2021 0

पूर्वपश्चिम राजमार्गको दाउन्नेमा दुर्घटना भएको ना ६ ख ७९५७ नंको मालवाहक ट्रक । ट्रक दुर्घटना भएर सडकमा पल्टेपछि ७ घण्टा यातयात ठप्प भएको थियो ।

डोटी र बाजुरका शिक्षकलाई विपद् जोखिम न्यूनीकरण तालिम-सामुदायिक विकास मञ्च (सिडिएफ) नेपालले डोटी र बाजुराका गरी कूल २५ विद्यालयका सम्पर्क शिक्षकका लागि तीनदिने ‘विपद् जोखिम न्यूनीकरण’ तालिमको आयोजना गरेको छ ।

उक्त संस्थाको सामुदायिक उत्थानशीलता सुदृढीकरण परियोजनामार्फत सम्पर्क शिक्षकका लागि विपद् जोखिम न्यूनीकरण बृहत् विद्यालय सुरक्षा कार्य ढाँचा तथा जलवायु परिवर्तनसम्बन्धी तालिमको दीपायलमा आयोजना गरिएको हो ।

तालिममा जिल्लाका बोगटान फुड्सिल र जोरायल गाउँपालिका तथा छिमेकी जिल्ला बाजुराको बूढीगङ्गा नगरपालिकाका २५ माविका विपद् जोखिम न्यूनीकरण सम्पर्क शिक्षक सहभागी भएको परियोजनाका अनुगमन मूल्याङ्कन जवाफदेही अधिकृत मायाकुमारी बमले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त तालिममा विद्यालयमा हुने प्राकृतिक विपद् तथा जोखिमबाट बच्नका लागि गर्न सकिने कार्यको अवलम्बन गर्न तथा क्षमता विकासलगायत विषयमा जानकारी दिइने भएको छ ।

उक्त तालिम समापनपश्चात् विद्यालय सुरक्षा योजना निर्माण गरी कार्यान्वयन गरिने लक्ष्य लिइएको सामुदायिक विकास मञ्चका अध्यक्ष खडकराज शर्माले बताउनुभयो । तालिममा सहभागी शिक्षकहरुले विद्यालयले तयार गर्ने विद्यालय सुरक्षा योजनामा सहयोग गर्ने उहाँको भनाइ छ । उक्त तालिमको सहजीकरण देवेन्द्र गुरुङ र सामुदायिक उत्थानशीलता सुदृढीकरण परियोजनाका संयोजक विवेक गौतमले गर्नुुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर