दुबईका बैंकर तथा व्यापारी प्रेमी सुरजसँग बिहे गर्दै नायिका मौनी रोय — OSNepal

दुबईका बैंकर तथा व्यापारी प्रेमी सुरजसँग बिहे गर्दै नायिका मौनी रोय

LC (KTM) October 01, 2021 0

काठमाडौं, १५ असोज- बलिउड अभिनेत्री मौनी रोयले जनवरीमा प्रेमी सुरज नाम्बियारसँग बिहे गर्ने भएकी छन् । मौनी र सुरज लामो समयदेखि प्रेम सम्बन्धमा छन् । मौनीकी आमाले यो वर्षको सुरुमै उनकी साथी मन्दिरा बेदीको घरमा सुरजका बाबुआमासँग भेटेकी थिइन् । सुरजका बाबुआमा पनि मौनीलाई बुहारी बनाउन तयार रहेको समाचारमा आएको थियो ।

मौनीको बिहे दुबई वा इटालीमा हुने बताइएको छ । पश्चिम बंगालको सानो सहर कोच बिहारकी स्थायी बासिन्दा मौनी मोडल, अभिनेत्री तथा गायिकाको रूपमा परिचित छिन् । सन् २००७ मा चर्चित हिन्दी सिरियल सासभी कभी बहु थीबाट काँचको पर्दामा डेब्यु गरेकी उनले थुप्रै टिभी शो र केही फिल्ममा समेत अभिनय गरेकी छिन् ।

बिहेपछि मौनीले कोच बिहारमा आफन्तलाई भोज खुवाउने योजना बनाएकी छिन् । मौनीसँग बिहे गर्न लागेका सुरज दुबईका बैंकर तथा व्यापारी हुन । ब्याङ्लुरको जैन परिवारका सदस्य सुरज र मौनी केही वर्षयता सँगै बस्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर