• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

रणवीर कपुर र आलिया भट्टको बिहेको चर्चा चलिरहदा बिहे गर्दै ऋचा चड्डा र फजल अलि

रणवीर कपुर र आलिया भट्टको बिहेको चर्चा चलिरहदा बिहे गर्दै ऋचा चड्डा र फजल अलि


  • ओएसनेपाल
  • असोज १५ २०७८, शुक्रबार
  • १२:१७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 2.4K
    SHARES

    काठमाडौं, १५ असोज- बलिउडका दर्शकमा रणवीर कपुर र आलिया भट्टको बिहे कहिले हुन्छ भनेर जति कौतूहलता छ, त्यति नै चासो ऋचा चड्डा र अलि फजलको बिहेको बारेमा पनि छ । शुभचिन्तकहरू रणवीर र आलिया अनि ऋचा र अलिको बिहे भएको हेर्न आतुर छन् ।

    भारतीय मिडियाका अनुसार अलि र ऋचाको बिहे गत वर्षको अप्रिल महिनामै हुने तयारी थियो । तर, कोरोनाका कारण लकडाउन भएपछि उनीहरूले बिहेको योजना स्थगित गर्नुपर्यो । त्यसपछि अलिकी आमाको निधन भयो ।

    हालै इन्डिया टुडेसँगको एउटा अन्तर्वार्तामा अलिले आफूहरू २०२२ जनवरी पहिलो सातामै बिहे गर्ने योजनामा पुगेको बताएका छन् । उनले भनेका छन, ‘ऋचा र म जनवरीको सुरुमै बिहे गर्ने मनस्थितिमा छौ । तर, मिति भने तय गरिसकेका छैनौ । हामी धूमधामका साथ बिहे गर्नेछौ ।’

    ऋचा र अलिको पहिलो भेट २०१३ मा ‘फुकरे’ फिल्मको सेटमा भएको थियो । त्यसबेलादेखि नै आफूहरूबीच प्रेम सुरु भएको, तर मिडियासँग लुकाउँदै आएको अलिले बताएका छन् । उनीहरूले सन् २०१७ मा आफूहरू प्रेममा रहेको स्वीकारेका थिए ।

    ऋचा यो वर्ष ‘म्याडम चिफ मिनिस्टर’ फिल्ममा देखिएकी थिइन् । अब उनी अलिका साथ ‘फुकरे-३’ मा सँगै देखिनेछिन् । अलि विशाल भारद्वाजको ‘खुफिया’ फिल्ममा देखिने छन् भने ऋचाको ‘अभी तो पार्टी सुरु हुइ है’ पनि यही वर्ष रिलिज हुने सम्भावना छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend