ब्राजिलका लेजेन्ड फुटबलर पेलेको शल्यक्रिया , अस्पताल बाट डिस्चार्ज भएपछि खुशी भए पेले — OSNepal

ब्राजिलका लेजेन्ड फुटबलर पेलेको शल्यक्रिया , अस्पताल बाट डिस्चार्ज भएपछि खुशी भए पेले

LC (KTM) October 01, 2021 0

ब्राजिलका लेजेन्ड फुटबल खेलाडी पेले अस्पताल बाट डिस्चार्ज भएका छन् । ट्युमरको शल्यक्रियापछि उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनको साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा शल्यक्रिया गरिएको हो । ८० बर्षीय पेलेको सेप्टेम्बर ४ तारिखमा शल्यक्रिया भएको थियो । शल्यक्रियाको १० दिन पछि नै सघन उपचार इकाईबाट पेले डिस्चार्ज भएका थिए ।

त्यसपछि फेरी पेले अस्पतालमा भर्ना भएका थिए । तीनपटक विश्वकप जित्ने एकमात्र खेलाडीका रुपमा रहेका पेलेल आफु घर फर्कन पाउदा निकै खुसी भएको फेसबुक मार्फत जनाएका छन् । उनी अस्पताल बाट डिस्चार्ज भए पनि चिकित्सा टोलीले भने केमोथेरापी जारी राखिने जनाएका छन् । बितेका दिनमा उनको स्वास्थ्य अवस्था बिग्रदो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर