एक समयकी हट नायिका नेहा धुपिया दोस्रो पटक आमा बन्दै , गर्भवती भएकै कारण कैयौ प्रोजेक्ट गुमाए पछि तनावमा — OSNepal

एक समयकी हट नायिका नेहा धुपिया दोस्रो पटक आमा बन्दै , गर्भवती भएकै कारण कैयौ प्रोजेक्ट गुमाए पछि तनावमा

LC (KTM) October 01, 2021 0

बलिडकी एकदमै हट नायिकाको छबि बनाएकी अभिनेत्री नेहा धुपिया फेरी दोस्रो पटक आमा बन्दै छिन् । नेहा गर्भअवस्थामा पनि स्टीरियोटाइप तोड्दै काम गरिरहेकी छिन् । तर कहि न कहि यो पनि सत्य हो कि उनले गर्भ अवस्थाकै कारण कैयौ प्रोजेक्टहरु गुमाएकी छिन् । यसको खुलासा स्यंम उनले आफै गरेकी छिन् । यसक्रममा अब उनका पति अंगद बेदीले यस्तो प्रतिक्रिया देखाएका छन् ।

टाइम्स अफ इण्डियालाई दिएको अन्र्तबार्तामा अंगद बेदीले यसका बिषयमा प्रतिक्रिया जनाएका छन् । अंगद बेदीलाई बिबाह तथा पिता बनेपछि प्रोजेक्ट कति गुम्यो भनेर प्रश्न गरिएको थियो । उनले त्यसको जवाफ दिदै भने– यस्तो हुन्छ । नेहा मात्र हैन म आफै पनि कैयौ प्रोजेक्ट बाट रिप्लेस भएको छु । तर पनि यस्ता कुरालाई बिर्सदै अघि बढ्नु नै पर्छ । म संग पनि एकदमै शानदार प्रोजेक्टहरुको अवसर थियो ।

अब फिल्म उद्योगमा टिकिरहनका लागि यस्ता कुराहरुलाई बिर्सिएर अघि बढ्नु नै उत्तम हुन्छ । नेहा यतिबेला दोस्रो सन्तानको प्रतिक्षामा रहेकी छिन् । नेहा धुपियाका लागि उनका पतिले केही दिन अघि बेबी शावरको प्लान समेत गरेको थियो । नेहाले सामाजिक सञ्जालमा आफ्नो बेबी बम्पको तस्बीर शेयर समेत गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर