सुनिल गिरीको ‘रोगै पिरती’ युटुबको ट्रेन्डिङमा, भिडियोको चौतर्फी चर्चा



काठमाडौँ । लोकपप गायक सुनिल गिरीको नयाँ गीत रोगै पिरतीको म्यूजिक भिडियो सार्वजनिक भएसँगै यसको चर्चा चुलीएको छ । सदैव फरक स्वादको गीत लेख्न अनि गाउन रुचाउने गायक गिरीले यसपटक पनि फरक शैलीको मेलोडियस गीत बजारमा ल्याएसँगै गीत युटुबको ट्रेन्डिङमा आउन सफल भएको छ । यो समाचार तयार पार्दासम्म उक्त गीत युटुबको १६ नम्बर ट्रेन्डिङमा रहेको छ।

गीतलाई ४ लाख भन्दा बढी भ्युज मिलेको छ। आफुले माया गरेकी प्रेमिकालाई अरु कसैले सिउँदो भर्दा पिडा सहन नसकेर विक्षिप्त प्रेमीको कथा बोलेको गीतको निर्देशन अनिल के मानन्धरले गरेका हुन् । भिडियोमा स्टोरी तथा कन्सेप्ट पनि गायक गिरीकै रहेको छ। गायक गिरी र सदिक्षा छेत्री भिडियोमा फिचर्ड छन। भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन। गायक गिरीका यसअघिका गीतहरु को होला त्यो, सुनको चुरा, कस्तो यो मन, यात्री, जाम क्यारे माया लगायतका गीत हिट छन् ।

Comment