दिशा र आदित्यको चलचित्र मलंगले रिलिजको पहिलो दिन नै गर्यो यत्रो कमाई



एजेन्सी- हालै प्रदर्शनमा आएको चलचित्र मलंगु ले रिलिजको पहिलो दिन ६ करोड ७१ लाख कमाई गरेको छ । अभिनेत्री दिशा पाटनी र आदित्य रोय कपूरको उक्त चलचित्र फेब्रुअरी ७मा रिलिज भएको हो । उक्त चलचित्रले पहिलो दिनमा नै राम्रो कमाइ गर्ने फिल भएको छ ।

दोस्रो दिन शनिवार यस फिल्मले ८ करोड ८९ लाख र आइतबार ९ करोड ७६ लाख कमाउन सफल भएको छ । पहिलो साता अर्थात हालसम्म २५ करोड ३६ लाखको कमाई गरेको चलचित्र मलंग ले हलका दिनहरुमा कति कमाउने हो त्यो भर्ने हेर्ने ने बाकि रहेको छ ।

Comment