पुर्वका चर्चित कमेडी गायक बोके दाह्री को नयाँ गीत ‘टिकापुर कैलाली’ सार्वजनिक — OSNepal

पुर्वका चर्चित कमेडी गायक बोके दाह्री को नयाँ गीत ‘टिकापुर कैलाली’ सार्वजनिक

LC (KTM) October 01, 2021 0

कमेडी गीत गाएर चर्चा बटुृलेका पुर्वका चर्चित गायक श्रीकृष्ण लुईटेल (बोके दाह्री) को नयाँ गीत सार्वजनीक भएको छ । उनले ‘टिकापुर कैलाली’ बोलको सार्वजनिक गरेका हुन् । श्रीकृष्ण लुईटेल (बोके दाह्री) को स्वर र संगीतमा रहेको उक्त गीतको एरेन्ज जोनी योञ्जनले गरेका छन् । सुमन तामाङको छायांकन रहेको उक्त गीतको भिडियोमा गायक बोकेदाह्रीका साथै दिनेश कोइराला, रूविना गहतराज, कल्पना पाण्डे, संगिता यादव, ज्याक, पर्वत लगायतको अभिनय रहेको छ । भिडियोलाई हेमन्त तामाङले सम्पादन गरेका छन् । बोके दाह्रीका ‘ए बा किन्देउन भटभटे’, ‘बाँके बर्दिया’, ‘मुखमा हान्नु जस्तो’, ‘तेरो बाउ थोते’ लगायतका दर्जनौँ गीत एकदमै चर्चित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर