सिरहा प्रहरीको सक्रियतामा तीन बालविवाह रोक



लहान  -सिरहा प्रहरीको सक्रियतामा निश्चित भएको तीन बालविवाह रोकिएको छ । बालिकाको उमेर नपुगी बालविवाह भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कर्जन्हा नगरपालिका–६ निवासी रिझन मुखियाको छोरी रन्जुकुमारी मुखिया, मिर्चैया नगरपालिका–१ निवासी श्रीराम कापैरको छोरी सङ्गीता कापैर र कल्याणपुर नगरपालिका–१ निवासी राम नरेश माझीको छोरी गनिता माझीको विवाह रोकेका हुन् ।

तीनवटै बालिकाको उमेर २० वर्ष नपुगेकाले हुन लागेको विवहलाई स्थानीय भद्रभलादमी बुद्धिजीवी तथा जनप्रतिनिधिको रोवहरमा रोकेको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । उमेर नपुगेकोले हाललाई सो विवाहलाई रोकेर बालविवाह नगर्ने सर्वपक्षीय सहमति भएको प्रहरी उपरीक्षक चतुर्वेदिले बताउनुभयो ।(रासस)

 

Comment