साफ च्याम्पियनसिपमा बंगलादेशको बिजयी सुरुवात, आजै नेपालले आयोजक माल्दिभ्सको सामना गर्दै — OSNepal

साफ च्याम्पियनसिपमा बंगलादेशको बिजयी सुरुवात, आजै नेपालले आयोजक माल्दिभ्सको सामना गर्दै

LC (KTM) October 01, 2021 0

१३ औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ । आजको पहिलो खेलमा बंगलादेश विजयी भएको छ । माल्दिभ्समा आज भएको उद्घाटन खेलमा श्रीलंकालाई एक शुन्य गोल अन्तरले हराउँदै बंगलादेशले च्याम्पियनसिपमा सुखद सुरुवात गरेको हो । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा श्रीलंकाविरुद्ध बंगलादेशका लागि तोपु बर्मानले निर्णायक गोल गरेका थिए ।

बर्मानले खेलको ५६ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै बंगलादेशलाई बिजयी गराएका थिए । खेलको ५५ औं मिनेटमा डुकसन पुसलासले रातो कार्ड पाउँदै मैदान बाहिरिए पछि श्रीलंका १० खेलाडीमा समेटिएको थियो। आजको जितसँगै बंगलादेशले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । श्रीलंका भने पहिलो खेलमै पराजित हुन पुगेको हो । यसैबीच आजै दोस्रो खेल पनि हुदैछ । साफ च्याम्पियनसिप अन्तर्गत नेपालले आज माल्दिभ्सको सामना गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर