कोठाभित्र मृत अवस्थामा भेटिइन् निरुता — OSNepal

कोठाभित्र मृत अवस्थामा भेटिइन् निरुता

LC (KTM) October 01, 2021 0

पोखरामा कोठाभित्र युवती कोठाभित्र मृत अवस्थामा भेटिएकी छिन् । कास्की जिल्ला पोखरा महानगरपालिका बिन्ध्यावासिनीको अधिकारी टोलमा बन्द कोठाभित्र युवती मृत भेटिएकी हुन् । स्थायी घर बाजुरा जिल्ला जगन्नाथ –१ बस्केना घर भएकी १८ वर्षीया निरुता शाह पोखरामा मृतावस्थामा फेला परेकी हुन् । स्थानीयले बन्द कोठाबाट दु‘र्गन्ध आएको भन्दै प्रहरीलाई खबर गरेपछि ताला फोरेर हेर्दा शाहको शव खाटमा लडिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले कोठाको ढोका फोरेर खानतलासी गर्ने क्रममा उनका श्रीमान् गणेश विष्टले लेखेर छाडेको चिट नोट भेटिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले बताए । उनका अनुसार श्रीमान बिष्टले लेखेको चिटमा आफू कामबाट फर्किदा श्रीमती कोठाभित्र झुन्डिइरहेको अवस्थामा भेटेको उल्लेख गरेका छन् । श्रीमतीको खुशीका लागि आपूम्ले दुःखकष्ट भोग्दै आएको बताउँदै उनको आत्महत्या पछि आफू बाँच्नुनै अर्थ नरहेकाले सेतीमा हाम फालेर आत्महत्या गर्ने उल्लेख गरेका छन् । कोठामा चिट लेखेर बेपत्ता भएका श्रीमान गणेशको खोजी कार्य गरिरहेको डिएसपी हमालले बताए ।

‘हामीले उक्त घटना स्थलमै पुगेर मृतकका आफन्त संग कुराकानि गरेका छौ के भन्छन आफन्त अनि अनुसन्धान कहा सम्म पुग्यो जिल्ला प्रहरी कार्यलय कास्कीका सुचना अधिकारी डिएसपि सुवास हमाल संग आजको कार्यक्रममा कुरा कानि गरेका छौ बाकी भिडियोमा हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर