• २०७८ कार्तिक १० बुधबार

ताजा अपडेट

धेरै पढिएको

सरला श्रेष्ठको ‘बिरोध छैन’सार्वजनिक

सरला श्रेष्ठको ‘बिरोध छैन’सार्वजनिक


  • ओएसनेपाल
  • असोज १५ २०७८, शुक्रबार
  • ३:५० बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 3K
    SHARES

    अभिनेता सरोज खनालको निर्देशनमा मार्मिक गीति भिडियो ‘बिरोध छैन’ सार्वजनिक भएको छ । सरला श्रेष्ठको रचना समावेश गीतमा गरिबीको पीडा पश्चात परदेश जान बाध्य प्रेमीको सम्झनामा प्रेमिकाले पोखेको बिरह र प्रेमिकाको सम्झनामा प्रेमीको छटपटाहट समेटिएको छ ।

    सार्वजनिक भिडियोमा नेपाली समाजको यथार्थता देख्न सकिन्छ । पारिवारिक खुशीको लागि वाध्यताबस विदेशमा गर्नु परेको संघर्ष अनि त्यसबीचको प्रेम सम्झनालाई भिडियोमा प्रस्तुत गरिएको छ । रचना रिमालको स्वरमा सार्वजनिक गीतमा संगीत कृति न्यौपानेको छ । कृतिको मिठासपुर्ण संगीतमा रचनाले न्यायपुर्ण स्वर भरेकी छिन् ।

    गीतको भिडियोमा मोडल द्वय कुसुम थापा र हेमप्रभास अधिकारीलाई फिचर्ड गरिएको छ । कुसुम र हेमको जोडीलाई निर्देशन खनालले सुन्दर रुपमा फ्रेमिङ गरेका छन् । साथमा कलाकार पदम प्रसाद अधिकारी पनि अभिनयमा छन् । भिडियोमा छायांकन आङ्चेन लामाको छ भने सम्पादनको काम टेकेन्द्र शाहले गरेका छन् ।

    यसैबीच रचनाकार सरला श्रेष्ठले यो भिडियोबाट जुट्ने सम्पुर्ण ‘रेभिन्यु’ सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेकी छिन् । गीतकार श्रेष्ठले भिडियोबाट प्राप्त हुने रकम विगतदेखि आफुले मद्दत गर्दै आइरहेको शारिरिक तथा मानशिक अशक्तहरुको सेवामा खर्चिने प्रतिवद्धता जनाएकी हुन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend