प्रितम आचार्यको नयाँ गीत सार्वजनिक — OSNepal

प्रितम आचार्यको नयाँ गीत सार्वजनिक

LC (KTM) October 01, 2021 0

भारतको सबै भन्दा ठुलो गायन रियालिटी शो सारेगमप लिटल च्याम्प्समा तहल्का मच्चाएका नेपालका बाल गायक प्रितम आचार्यले फेरी अर्काे गीत ल्याएका छन् । उनको सरर बोलको गीत सार्वजनिक भएको हो । यस गीतमा रचना तथा संगीत मानस राजले दिएका छन् । भिडियोको निर्देशन प्रशन्न घिमिरेले गरेका छन् । यस गीतको म्युजिक भिडियोमा बाल कलाकारहरु सुज्यान रनपेहेली, दिक्षा ठकुरी, रिदेश बस्याल, स्टेसी आले लगायतको दमदार अभिनय रहेको छ । डम्बर बहादुर राईको छायांकन गरेको यो भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन् । भिडियोमा प्रितमले लिप्सिङ समेत गरेका छन् । यस गीतको भिडियो एमएमएस इन्टरटेनमेन्ट युट्युब बाट सार्वजनिक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर