शत्रुघ्न सिन्हा माथि कमेडियन कपिल शर्माले जथाभाबी बोलेपछि नायिका सोनाक्षी सिन्हाले स्टेजमै गरिन् मुक्का प्रहार   — OSNepal

शत्रुघ्न सिन्हा माथि कमेडियन कपिल शर्माले जथाभाबी बोलेपछि नायिका सोनाक्षी सिन्हाले स्टेजमै गरिन् मुक्का प्रहार  

LC (KTM) October 01, 2021 0

कमेडियन कपिल शर्माको फेमस शो द कपिल शर्मा शो लामो समय देखी दर्शकलाई हसाउँन सफल रहि आएको छ । केही समय अघि देखी फेरि टेलिभिजनमा सुरु भएको कपिलको यो शो ले अहिले फेरी धुम मच्चाउन सुरु गरिसकेको छ । उनको यो शो मा बलिउडका एकदमै चलेका स्टार तथा सेलिब्रेटीहरुले स्थान बनाउने गरेका छन् । अहिले कपिल शर्माको शो मा चलेकी अभिनेत्री सोनाक्षी सिन्हा पुगेकी छिन् ।

यसैक्रममा कपिल शर्मा तथा सोनाक्षीको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा एकदमै भाइरल भइरहेको छ । यस भिडियोलाई कपिलले आफ्नो इन्ष्टाग्राममा शेयर गरेका छन् । भिडियो शेयर गर्दै कपिलले यो उनको पहिलो इन्ष्टाग्राम रील भएको जनाएका छन् । यस भिडियोमा दबंग गर्ल सोनाक्षी सिन्हाले कपिल शर्मा शो को सेटमा मिल माहिया बोलको गीतमा रमाईलो गरेकी छिन् ।

सोनाक्षीले यहि गीत गाउँदै गरेकी हुन्छिन् तब कपिल शर्मा उनको नजिक आउँछन् र भन्छन्– मिल्न आउँ भने तपाईको पिता जि ले खबरदार भन्छन् । यो सुन्ने बित्तिकै सोनाक्षी रिसाउँछिन् र फर्किएर जोडदार मुक्का हानेर जान्छिन् । सोनाक्षीलाई पछिल्लो पटक फिल्म भुज द प्राइड अफ इण्डियामा अजय देबगन संग देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर