साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपाल माल्दिभ्स संग गोल रहित बराबरीमा — OSNepal

साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपाल माल्दिभ्स संग गोल रहित बराबरीमा

LC (KTM) October 01, 2021 0

१३ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत अहिले नेपाल र आयोजक माल्दिभ्स बीचको खेल जारी रहेको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफमा नेपाल र माल्दिभ्सले गोलरहित बराबरी खेलेका छन् । नेपाल भन्दा निक्कै शक्तिशाली रहेको माल्दिभ्सले पहिलो हाफमा बल आफ्नो नियन्त्रणमा लिए पनि गोल गर्न सकेन । नेपालले भने कुनै पनि डरलाग्दो आक्रमण बुन्न सकेन । माल्दिभ्सले खेलमा गोल गर्ने अवसर सिर्जना गरे पनि सकेन ।

आजको यो खेलमा माल्दिभ्स लाई घरेलु मैदानमा हराएर प्रतियोगितामा सुखद सुरुवात गर्न चाहान्छ । साविक विजेता समेत रहेको माल्दिभ्स पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ । नेपालले हालसम्म माल्दिभ्ससँग जम्मा १६ खेल खेल्दा ८ मा पराजय , ४ मा जित र ४ मा बराबरी खेलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर