भ्वाइसका किरणको जुनी जुनीमा गीता र कमलको रोमान्स, भिडियोको सर्वत्र चर्चा — OSNepal

भ्वाइसका किरणको जुनी जुनीमा गीता र कमलको रोमान्स, भिडियोको सर्वत्र चर्चा

LC (KTM) October 02, 2021 0

काठमाडौँ । भ्वाइस अफ नेपालका बिजेता किरण गजमेरको स्वरमा रहेको नयाँ गीत जुनी जुनीको भिडियो सार्वजनिक भएको छ । येदिन गजमेरको शब्द तथा संगीतमा तयार भएको जुनी जुनीमा चर्चित मोडल गीता ढुंगाना र कमल सिंहको अभिनय रहेको छ ।

अमेरिकामा बस्दै आएका गीतकार तथा संगीतकार येदिनले एल्बब तरंगको चर्चा पश्चात गायक किरण गजमेरको एकल स्वरमा एल्बम जुनी जुनीमा समावेश पहिलो भिडियो बजारमा ल्याएका हुन् । संगीतकार येदिनले यसअघि जारमा ल्याएका भजन संग्रहले चर्चा पाएका थिए ।

वैँशालु उमेरमा प्रेममा परेका एक जोडीको प्रेमील कहानी, प्रेममा पर्दाका रमाइला यादगार क्षणहरुलाई नजिकबाट देखाइएको भिडियोमा सुन्दरी मोडल गीता गज्जबसँग खुलेका छिन् । ओई काजल बोलको गीतबाट चर्चामा आएकी गीता पछिल्ला दिनमा कमालको अभिनय मार्फत दर्शकहरुमाझ आफ्नो भिन्न छाप छोड्न सफल भएकी छिन् । लोकराज अधिकारी एसोसियट निर्देशक रहेको गीतको एरेन्ज धिरज श्रेष्ठले गरेका हुन् । बुद्ध थापाको छायांकन रहेको भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर