रेजिन र प्रिजेनसहित १० खेलाडीलाई किन प्रारम्भिक छनोटबाट बाहिरै राखियो ? — OSNepal

रेजिन र प्रिजेनसहित १० खेलाडीलाई किन प्रारम्भिक छनोटबाट बाहिरै राखियो ?

LC (KTM) October 02, 2021 0

काठमाडौं, १६ असोज । अखिल नेपाल फुटलब संघ (एन्फा)ले राष्ट्रिय यू-२३ टोलीको प्रारम्भिक छनोटमा १० खेलाडीलाई बाहिर राखेको छ ।

एन्फाले शुक्रबार विभागीय नेपाल पुलिस क्लबविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै पहिलो चरणमा १० खेलाडीलाई बाहिर राख्दै सुरुवाती छनोट गरेको हो ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले दोस्रो चरणमा ३२ खेलाडी छनोट गरेका छन् । उनले अन्तिम छनोटमा २३ खेलाडी सार्वजनिक गर्नेछन् ।

प्रशिक्षक बाल गोपालले उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका रेजिन सुब्बा, प्रिजेन तामाङ, दीपेश आले मगर, दीनेश हेम्जन, धीरज श्रेष्ठ, जया गुरुङलगायत खेलाडीलाई बाहिर राखेका छन् ।

हाल नेपालले एएफसी यू-२३ एसियन कप छनोटको लागि तयारी गरिरहेको छ । समूह ‘बी’ मा रहेको नेपालले बलिया इरान, लेभलान र ताजकिस्तानको सामना गर्नेछ ।

नेपालले पहिलो खेलमा २५ अक्टोबर इरान, यस्तै आयोजक ताजकिस्तानसँग २८ अक्टोबर तथा ३१ अक्टोबरमा लेभलानलाई चुनौती दिनेछ ।

प्रशिक्षक बाल गोपाल महर्जनले छनोट गरेको ३२ खेलाडीमा हाल साफ च्याम्पियनसिप खेलिरहेको टोलीबाट ७ खेलाडी रहेका छन् ।

यस्तै राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका १२ खेलाडी टोलीमा समावेश छन् ।

प्रशिक्षक बाल गोपालले बाहिर राखेका १० खेलाडी :
गोलरक्षक –सूर्य अघिकारी
मिडफिल्डर – जया गुरुङ, दीपेश आले मगर, लखन लिम्बु, कुशल फुयाँल, सन्जिव विष्ट
स्ट्राइकर – प्रिजेन तामाङ, दीनेश हेम्जन, रेजिन सुब्बा, धीरज श्रेष्ठ,

नेपाली ३२ टोली
गोलरक्षक– अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल, रोहित कार्की
डिफेण्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, अशिम भुसाल, रन्दीप पौडेल, विश्वास उदास, विशाल बस्नेत, रोमन लिम्बु, आदिल हमिद,
मिडफिल्डर – अशोक थापा, अनिल महर्जन, अभिषेक लिम्बु, शिब गुरुङ, नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, दिनेश गुरुङ, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक बिष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर