एनभिए भलिबलको फाइनल आज हुने — OSNepal

एनभिए भलिबलको फाइनल आज हुने

LC (KTM) October 02, 2021 0

काठमाडौं, १६ असोज । एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल आज शनिबार हुँदैछ । शनिबार त्रिपुरेश्वरस्थित मैदानमा उपाधिका लागि पुरुषतर्फ हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ एपीएफ क्लब र न्यु डायमण्ड क्लब भिड्नेछन् ।

प्रतियोगिताको अन्तिम चारको भिडन्तमा पुरुषतर्फ हेल्प नेपालले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरको थियो ।

पुरुष तर्फको दोस्रो खेलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३(० को सोझो सेटमै पराजित गरेको थियो ।

महिला तर्फको खेलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३(२ को सेटमा पराजित गरेको थियो भने त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले लगातार च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको हो ।

तेस्रो स्थानका लागि पुरुष तर्फ नेपाल पुलिस र एपीएफ तथा महिला तर्फ नेपाल पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले दुबै तर्फ ४ लाख पाउनेछन् । यस्तै उपविजेता टोलीले समान २ लाख प्राप्त गर्नेछ । तेस्रो स्थानको टोलीले १ लाख पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर