• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

ताइवानको हवाई क्षेत्रमा ३८ चिनियाँ लडाकु विमानको उडान

ताइवानको हवाई क्षेत्रमा ३८ चिनियाँ लडाकु विमानको उडान


  • ओएसनेपाल
  • असोज १६ २०७८, शनिबार
  • ५:३३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.4K
    SHARES

    एजेन्सी-काठमाडौं, १६ असोजताइवानले आफ्नो हवाई क्षेत्रमा चिनियाँ लडाकु विमानले उडान भरेको दाबी गरेको छ ।

    चीनको स्थापना दिवसमा शुक्रबार ३८ लडाकु विमानले ताइवानको हवाई क्षेत्रमा दुई पटक उडान भरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । ताइवानले यो घटनलाई हवाई क्षेत्रको अहिलेसम्मकै सबैभन्दा ठूलो अतिक्रमण भनेको छ ।

    ताइवानको रक्षा मन्त्रालयका अनुसार चीनका १८जे-१६, चार सुखाइ-३० लडाकु विमान, परमाणु क्षमताका दुई वटा एच-६बम्बर्स र एउटा एन्टी-सबमरिन लडाकु विमान ताइवान सीमा क्षेत्रमा उडान भरेका हुन् । त्यसपछि थप १३ चिनियाँ लडाकु विमानले हवाई सीमामा प्रवेश गरेको ताइवानको दाबी छ । तर, यसबारे चिनियाँ पक्षको औपचारिक धारणा आइसकेको छैन ।

    ताइवान चीनले हवाई क्षेत्रमा अतिक्रमण गरेको आरोप पटकपटक लगाउँदै आएको छ । खासगरी ताइवान नियन्त्रित दक्षिण-पश्चिमी क्षेत्रको प्रतास द्वीप क्षेत्रमा चीनले हवाई उडान भर्ने गरेको आरोप लाग्दै आएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend