भ्वाइस अफ नेपालका बिजेता किरण गमजेर र मेचु धिमालको अर्काे नयाँ गीत सार्वजनिक — OSNepal

भ्वाइस अफ नेपालका बिजेता किरण गमजेर र मेचु धिमालको अर्काे नयाँ गीत सार्वजनिक

LC (KTM) October 02, 2021 0

चर्चित गायन रियालिटी सो ‘द भोईस अफ नेपाल सिजन ३ का बिजेता भईसके पछि किरण गजमेरको ब्यस्तता एकदमै बढेर गएको छ । उनले बिजेता भइकन धेरै गीतहरु गाएका छन् । उनलाई यतिबेला भ्याई नभ्याई भएको छ । नेपाल अमेरिका गरिरहेका उनै किरणलाई अध्यागमन बिभागले ओभर स्टे देखाउँदै बिमानस्थल बाटै अमेरिका फर्काएको थियो । उनी नेपालमा हुने कुनै सांगितिक कार्यक्रममा सहभागि हुन नपाए पनि गीत ल्याउन भने छोडेका छैनन् ।

यसैक्रममा किरणको सालैजो गीत सार्वजनिक भएको छ।यस गीतमा किरणलाई मेचु धिमालले साथ दिएकी छिन् । यस गीतको शब्द रचना लेखु सहयात्रीले गरेका छन् भन् करणराज कार्कीको संगीत रहेको छ । देवेश राईको संगीत संयोजन रहेको छ । यस गीतको म्युजिक भिडियोमा चलेका स्टारहरु लाई राखिएको छ । नायक दिलीप रायमाझी , पल शाह तथा गीता ढुङ्गाना लाई गीतमा देख्न सकिन्छ । साथमा मेचु धिमाल र किरण लाई पनि म्युजिक भिडियोमा देख्न सकिन्छ । म्युजिक भिडियो संगीत भकारी युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर