• २०७८ असोज ३० शनिबार

ताजा अपडेट

धेरै पढिएको

न्यु डायमण्डले जित्यो एनभीए भलिबल च्याम्पियनसिपको उपाधि

न्यु डायमण्डले जित्यो एनभीए भलिबल च्याम्पियनसिपको उपाधि


  • ओएसनेपाल
  • असोज १६ २०७८, शनिबार
  • ९:२७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 2.1K
    SHARES

    काठमाडौं, १६ असोज । न्यु डायमण्ड एकेडेमीले एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि हात पारेको छ ।

    शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा विभागीय प्रतिद्वन्द्वी एपीएफलाई ३-१ को सेटमा पराजित गर्दै न्यु डायमण्ड विजयी भएको हो ।

    राष्ट्रिय टोलीका खेलाडीले भरिएको एपीएफविरुद्ध न्यु डायमण्डले पुनरागमन जित निकालेको थियो । न्यु डायमण्डको जितमा प्रतिभा माली, अरुणा शाही, ललिता नाथ, झरना श्रेष्ठ, बाल्मिका आचार्यले उत्कृष्ट प्रदर्शन गरे ।

    पहिलो सेट २४-२६ ले गुमाएको न्यु डायमण्डले बाँकी सेटमा पुनरामगम गर्दै २५-२१,२५-१७ र २५-१५ ले जितेको हो ।

    जितसँगै च्याम्पियन न्यु डायमण्डले ४ लाख हात पारेको छ । उपविजेतामा सीमित एपीएफले २ लाख पायो । यस्तै तेस्रो भएको आर्मी क्लबले १ लाख प्राप्त गर्‍यो ।

    आज बिहानै भएको तेस्रो स्थानको खेलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । यसअघि न्यु डायमण्डले सेमिफाइनलमा नेपाल पुलिस र एपीएफले आर्मीलाई समान ३-२ को सेटमा हराएका थिए ।

    अघिल्लो सिजन न्यु डायमण्डले एपीएफलाई नै पराजित गर्दै एनभीए लिग भलिबलको उपाधि हात पारेको थियो ।

    केही समयपछि पुरुषतर्फको फाइनल खेल हुँदैछ । उपाधिको लागि हेल्प नेपाल र त्रिभुवन आर्मी क्लब भिड्ने छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend