पपसम्राट ओमबिक्रम बिष्टको नयाँ गीत सार्वजनिक — OSNepal

पपसम्राट ओमबिक्रम बिष्टको नयाँ गीत सार्वजनिक

LC (KTM) October 02, 2021 0

लामो समय पछि फेरी नेपाली पप गीतका सम्राट मानिएका गायक ओमबिक्रम बिष्टको नयाँ गीत सार्वजनिक भएको छ । नेपालमा पप गीत भित्र्याउने पहिलो गायकको रुपमा उनलाई चिनिने गरिएको छ । यिनै पपसम्राट विष्टको नयाँ गीत ‘उनी आउने’ सार्वजनिक भएको हो । यस गीतमा उनकै संगीत रहेको छ । यस गीतको शब्द संयोजन विजय शिवाकोटीको रहेको छ । उनको यो गीत एलबम ‘मोडहरुमा’ समावेश भएको गीत रहेको छ ।

यस म्युजिक भिडियोलाई चर्चित निर्देशक नवराज आचार्यले निर्देशन गरेका छन् । गीतलाई अमेरिकामा छायांकन गरिएको छ । गीतमा शम्भु मोक्तानको उत्कृष्ट छायांकन रहेको छ । विष्टले यो गीत केहीवर्षअघि नै तयार पारेका थिए । यस गीतको म्युजिक भिडियोमा अमेरिका बस्दै आएका अभिनेता राजबल्लभ कोइरालाले अभिनय रहेको छ । उनलाई संजिता कोइरालाले साथ दिएकी छिन् । त्यस्तै एन्सेर्ज गुरुङ, जङ्ग्बु शेर्पा र नवीन ढकालको पनि यस गीतमा अभिनय दे(ख्न पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर