• २०७८ असोज ३० शनिबार

ताजा अपडेट

धेरै पढिएको

के तपाईले घरमा सामान किनेर जम्मा भएको प्लाष्टिकको झोला जलाउने गर्नुभएको छ ? अब नफाल्नुहोस् पैसा पाइने छ

के तपाईले घरमा सामान किनेर जम्मा भएको प्लाष्टिकको झोला जलाउने गर्नुभएको छ ? अब नफाल्नुहोस् पैसा पाइने छ


  • ओएसनेपाल
  • असोज १६ २०७८, शनिबार
  • १०:१८ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < ३ मिनेट
  • 6.5K
    SHARES

    काठमाडौँ के तपाईले घरमा विभिन्न सामान किनेर जम्मा भएको प्लाष्टिकको झोला जलाउने गर्नुभएको छ रु वा फोहर फाल्ने ठाउँमा फाल्ने गर्नुभएको छ रु यदि यसो गर्ने गर्नुभएको छ भने अब प्लाटिककै बोतलमा प्लाष्टिक कोचोर थुपार्नुहोस् पौसा पाइन्छ ।

    प्लाष्टिकको बोतलमा फोहरका रूपमा फालिने प्लाष्टिक कोचेर भर्नुभयो भने अब त्यो पनि बिक्री हुने भएको छ । बोतलमा भरिएको प्लाष्टिक वाग्मती सफाइ अभियानकर्मी उत्तम पुडासैनीले व्यक्तिगत तवरबाट खरिद सुरु गर्नुभएको हो । खरिद गरिएको बोतल कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा संरक्षित गाई बाच्छा संरक्षण स्थलमा बगैँचा र स्तम्भ निर्माणमा प्रयोग गरिने भएको छ ।

    गोकर्णेश्वर नगरपालिका–५ नारायणटार मार्गस्थित मडगालमा रहेको तराना महिला विकास समितिका पदाधिकारी एवं सदस्यले प्लाष्टिकका झोला बोतलमा कोचेर बेची आयआर्जन गर्न थालेका छन् । टोललाई शून्य फोहरमा झार्न ३० घर यो अभियानमा संलग्न भएका महिलाले प्राप्त हुने रकम भने समाजसेवामा प्रयोग गर्ने भएका छन् ।

    समितिले नै तीन महिनाअघि आयोजना गरेको फोहरमैला व्यवस्थापन तालिममा पुडासैनीले प्रमुख प्रशिक्षकका रुपमा प्रशिक्षण दिँदै प्लाष्टिकका झोला बोतलमा राखेर बगैँचा सजावट, स्तम्भ निर्माणलगायत काममा उपयोग गर्न सकिने भनी समुदायलाई प्रेरित गर्नुभएको थियो । घरको फोहर बाहिर फाल्नु पाखण्डताको पराकाष्ठा भएकाले महिला समितिलाई आफैँ व्यवस्थापन गर्न प्रेरित गरिएको थियो ।

    विसं २०७० फागुन ३ देखि गुह्येश्वरीमाथि वाग्मती सफाइ अभियानको नेतृत्व गर्दै आउनुभएका उहाँले वाग्मती सुन्दरता सरोकार मञ्च गठन गरेर समुदायलाई सचेत गराउँदै आउनुभएको छ । ‘मुहानदेखि नै वाग्मती सफा गरौँ’ भन्ने नाराका साथ गुह्येश्वरीमाथिको वाग्मती सफाइ भइरहेको छ । घरघरबाट निस्कने प्लाष्टिक अन्तिममा वाग्मतीमै गएर फोहर हुने भएकाले टोलमै व्यवस्थापनका लागि यस्तो अभियान चलाइएको अभियानकर्मी पुडासैनीले सुनाउनुभयो ।

    समितिका सदस्यले तीन महिनामा ३० घरबाट निस्केको प्लाष्टिक ६० वटा बोतलमा खाँदेर बिक्री गरेका थिए । एउटैको करिब साढे आठ रुपैयाँमा बिक्री भएको छ । कुहिने फोहरलाई भने घरमै कम्पोष्ट मल बनाउन थालेका छन् । यसरी तयार पारिएको मल कौसी खेतीमा उपयोग हुँदै आएको छ ।

    सफाइ अभियानलाई प्रभावकारी बनाउन मञ्चले बोतलमा कोचेर जम्मा गरिने सबै प्लाष्टिक किनिदिने र तिनलाई सङ्कलन गरेर विभिन्न रचनात्मक काममा उपयोग गरिने छ ।
    नारायणटार मार्ग भनिने मडगालका महिलाले यो अभियानलाई निरन्तरता दिने भएका छन् । प्लाष्टिक कोचिएका बोतल निःशुल्क दिन चाहे पनि अभियानकर्मी पुडासैनीले मिहिनेतको फल दिनुभएकाले त्यसमा थप गरेर गोठाटारस्थित गाई बाच्छा संरक्षण अभियानलाई हस्तान्तरण गरिने समितिका अध्यक्ष वसन्ती लामाले बताउनुभयो । अभियानलाई हस्तान्तरण गरिसकेपछि आजै अर्को एक धोक्रो बोतलमा भरिएका प्लाष्टिक समितिलाई प्राप्त भएको जनाइएको छ ।

    मञ्चको नेतृत्वमा यस क्षेत्रको सफाइ अभियानको ४०७औँ हप्ताको कार्यक्रम आज गोठाटार पुलमा सम्पन्न गरिएको छ । सफाइमा पनि नदी किनारमा भेटिएका प्लाष्टिकलाई बोतलमा राखेर सफाइ गरिएको थियो । यस क्षेत्रमा कुहिने फोहरलाई भने नदी किनारमै खाडल खनेर पुर्ने गरिएको छ । नकुहिने प्लाष्टिकलाई बोतलमा राख्न थालेपछि नदी किनार सफा देखिन थालेको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend