• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

बालुवा बोकेको ट्र्याक्टर दुर्घटना हुँदा डिलक्सको घटनास्थलमै ज्यान गयो

बालुवा बोकेको ट्र्याक्टर दुर्घटना हुँदा डिलक्सको घटनास्थलमै ज्यान गयो


  • ओएसनेपाल
  • असोज १६ २०७८, शनिबार
  • १२:१४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 7.5K
    SHARES

    खोटाङ, १६ असोज- ट्र्याक्टर दुर्घटना हुँदा खोटाङमा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । रसुवाबाट बालुवा लिएर दिक्तेलतर्फ आइरहेको स१त ७०७१ नंको ट्र्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित पानी ट्याङ्कीमा दुर्घटना हुँदा सोही नगरपालिकाको वडा नं १२ जालपाका १९ वर्षीय सहचालक डिलक्स राईको घटनास्थलमै मृत्यु भएको हो ।

    मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–जयराम सडकखण्ड नुनथलामा सँगसँगै आइरहेको अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा ट्र्याक्टर अनियन्त्रित भई सडकबाट ३५ मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनापछि ट्र्याक्टर चालक हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महेन्द्र राईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताउनुभयो ।

    ट्र्याक्टर दुर्घटना भएलगत्तै प्रहरी नियन्त्रणमा रहेका चालक राई सकुशल रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार उक्त ट्र्याक्टर दुर्घटना गए राति करिब १० बजेको समयमा भएको जनाइएको छ । मृतक राईको शव जिल्ला अस्पताल दिक्तेल ल्याएर परीक्षण गरेपछि दाहसंस्कारका लागि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त ट्र्याक्टर घटनास्थलमै रहेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । (रासस) ः

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend