साउथ इण्डियन फिल्मका सुपरस्टार नागा चैतन्य र समन्थाको डिर्भोस — OSNepal

साउथ इण्डियन फिल्मका सुपरस्टार नागा चैतन्य र समन्थाको डिर्भोस

LC (KTM) October 02, 2021 0

दक्षिण भारतीय सिनेमामा एकदमै चर्चित जोडीको रुपमा चिनिने गरेको छ नागा चैतन्य र समान्था अक्किनैनीको जोडीलाई । उनीहरुको बिचको सम्बन्ध एकदमै राम्रो संग ४ बर्ष सम्म बितिरहेको थियो । तर उनीहरुको सम्बन्ध बिच्छेदको हल्ला केही दिन अघि मिडियामा छाएको थियो । तर उनीहरुले दुबैले डिभोर्सको पुष्टि गरेका थिएनन् । आज नागा चैतन्यकी पत्नी समान्थाले आफ्नो सामाजिक सञ्जालमार्फत् डिर्भाेस भएको खुलासा गरेकी छिन् ।

उनले आफ्नो इन्स्टाग्राममार्फत् नागा र उनको सम्बन्ध छुट्टिएको बताएकी हुन् । उनले एक पोष्ट लेख्दै भनेकी छिन् – ‘कैयौं विचार र विमर्शपछि म र नागा चैतन्यले आफ्नो आफ्नो बाटो अपनाउनका लागि पति र पत्नीको सम्बन्धबाट अलग्गिने फैसला गरेका छौं। हामी बीचको दश बर्ष पुरानो मित्रता हाम्रो सम्बन्धको सबैभन्दा ठुलो र महत्वपुर्ण हिस्सा रहेको थियो। जे जस्तै भए पनि मलाई विश्वास छ, हामीबीच सधैं एउटा बन्धन भने रहिनै रहनेछ ।

यडसअघि मिडियामा आएको डिभोर्सको कुराका बिषयमा उनीहरु दुबै जनाले केही पनि बताएका थिएनन् । दुबै जोडीको व्यक्तिगत जीवनसँग जोडिएको कुरा भएकाले समान्थाले मिडिया बाट केही दुरी बनाएको स्विकार गरेकी छिन् । यी दुबै जोडीले सन् २०१७ को अक्टोबर ६ मा विवाह गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर