इंग्लिस प्रिमियर लिग : एभरटनसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाईटेड — OSNepal

इंग्लिस प्रिमियर लिग : एभरटनसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाईटेड

LC (KTM) October 02, 2021 0

म्यानचेस्टर युनाईटेड इंग्लिस प्रिमियर लिग फुटबलमा एभरटनसँग बराबरीमा रोकिएको छ । आज भएको खेलमा युनाईटेड एभरटनसँग एक एक गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा युनाईटेडले सुरुआती अग्रता बनाएको थियो । तर अग्रता जोगाउन नसक्दा युनाईटेडले अंक बाँड्न बाध्य भएको छ । खेलको ४३ औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।

तर,खेलको ६५ औं मिनेटमा एन्द्रोस टाउनसेन्टले गोल गर्दै एभरटनलाई एक एक गोलको बराबरीमा ल्याएका थिए । आजको यो बराबरीसँगै युनाईटेडले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । युनाईटेड ७ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एभरटन १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर