• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

नरेश र देवीको दशैं गीतमा पुष्प र तनुजाको अभिनय, हेर्नुहोस् भिडियो

नरेश र देवीको दशैं गीतमा पुष्प र तनुजाको अभिनय, हेर्नुहोस् भिडियो


  • ओएसनेपाल
  • असोज १६ २०७८, शनिबार
  • २:३३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.9K
    SHARES

    गायक नरेश रेग्मीले गायिका देवी घर्तीसँग मिलेर दशैंको नयाँ गीत सार्वजनिक गरेका छन् । विगत ८ बर्षदेखि अष्ट्रेलियामा रहँदै आएका नरेशले यो गीतमा विदेशीन वाध्य केटा र नेपालमै रहेकी केटीको प्रेम पीडा पोखेका छन् ।

    गीतमा शिव हमालको शब्द तथा संगीत सुन्न सकिन्छ । यो गीतमा दशैं नजिक आउँदा पनि प्रेमी प्रेमिका वाध्यताले टाढा हुनु परेको पीडा व्यक्त गरिएको छ । यो गीतको भिडियोमा नायक पुष्प खड्का र नव–मोडल तनुजा वलीको अभिनय छ । तनुजाले यही गीतबाट म्युजिक भिडियोमा डेब्यू समेत गरेकी हुन् ।

    नरेशले १५ बर्षदेखि सांगीतिक क्षेत्रमा आफूलाई अगाडि बढाएका छन् । उनले एक दर्जन भन्दा बढी गीतमा स्वर दिएका छन् । साथै, अष्ट्रेलियामा रहेर उनी गीतसंगीतमा सक्रिय छन् । यो गीतको भिडियोलाई विक्रम चौंहानले निर्देशन गरेका हुन् । प्रकाश खड्काको छायांकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend