आईपीएल टी ट्वान्टी : दिल्ली संग साबिकको बिजेता मुम्बई पराजित — OSNepal

आईपीएल टी ट्वान्टी : दिल्ली संग साबिकको बिजेता मुम्बई पराजित

LC (KTM) October 02, 2021 0

आईपीएल टी ट्वान्टी क्रिकेटमा आजको खेलमा दिल्ली क्यापिटल्स बिजयी भएको छ । युएईको सारजाहमा आज भएको खेलमा दिल्लीले साविकको विजेता मुम्बई इण्डियन्सलाई ४ विकेटले पराजित गरेको हो । मुम्बईले दिल्लीलाई १ सय ३० रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । दिल्लीलाई जिताउन श्रेयस आयरले अविजित ३३ रनको योगदान दिए ।

मुम्बईका ट्रेन्ट बोल्ट,जयन्त यादव,क्रुनाल पाण्डे, जस्प्रित बुम्राह र नाथन निलले समान एक एक विकेट लिएका थिए । यस अघि पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रनको स्कोर खडा गरेको थियो । मुम्बईका लागि सूर्यकुमार यादवले ३३, क्विन्टन डी ककले १९, हार्दिक पान्डयले १७, सौरभ तिवारीले १५ तथा कुर्नाल पान्डयले अविजित १३ रनको योगदान दिए। दिल्लीका आभेस खान र अक्षर पटेलले समान तीन तीन विकेट लिए । आजको यो जितसँगै दिल्लीले १२ खेलमा १८ अंक जोडेको छ । मुम्बई १० अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर