बिमानको आपतकालिन ढोका खोलेर पखेटामा चढे एक यात्री , त्यसपछि........ — OSNepal

बिमानको आपतकालिन ढोका खोलेर पखेटामा चढे एक यात्री , त्यसपछि……..

LC (KTM) October 02, 2021 0

अमेरिकामा बिमानमा सवार एक यात्रीले यस्तो हर्कत गरेका छन् कि सबै यात्रीको जिन्दगी खतरामा पर्न सक्थ्यो । बिमान ल्याण्डिंग गर्ने बित्तिकै ति यात्रीले अचानक आकस्मिक ढोका खोलि दिएका थिए । त्यसपछि उनी उफ्रिएर बिमानको पंखामा चढेका थिए । यात्रीको यस्तो हर्कतले सबै जना हैरान भएका थिए । उनको त्यस्तो हर्कत देखेपछि उनलाई तत्कालै गिरफ्तार गरिएको थियो ।

यो घटना अमेरिकन एयरलाइन्सको फ्लाइट ९२० अमेरिकाको मियामी अन्र्तराष्ट्रिय बिमानस्थलमा ति ब्यक्तिले ल्याण्डिंग गर्ना साथ आपतकालिन ढोका खोलेर पंखा माथि चढेका थिए । ति यात्रीको नाम क्रिश्चियन सेगुरा रहेको छ । ३३ बर्षिय ति युवकलाई एयरपोर्टको सम्पत्ति अतिक्रमण तथा एक पुलिस अधिकारीको साथ दुब्र्यवहारको आरोप लागेको छ । उनलाई तत्काल बिमानस्थल बाटै पक्राउ गरिएको थियो । उनलाई कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर