सुदूरपश्चिम सेवा समाज यूएईका संस्थापक महासचिब 'मुस्कान'को सम्मान सहित बिदाई — OSNepal

सुदूरपश्चिम सेवा समाज यूएईका संस्थापक महासचिब ‘मुस्कान’को सम्मान सहित बिदाई

LC (KTM) October 02, 2021 0

मोहन ठकुराठी युएई-०२ अक्टोबर युएई, सुदूरपश्चिम सेवा समाज यूएईले ०१ अक्टोबर २०२१ शुक्रबारका दिन युएईको बरदुबईमा बिशेष कार्यक्रम आयोजना गरेर समाजका संस्थापक महासचिब तथा बर्तमान सल्लाहाकार मान बहादुर के.सी. ‘मुस्कान’लाई भब्य सम्मानका साथ बिदाई गरेको छ ।समाजका केन्द्रिय कार्यबहाक अध्यक्ष मोहन सिंह ठकुराठीको अध्यक्षतामा सम्पन्न भएको उक्त बिदाई तथा सम्मान कार्यक्रमका बिशेष अतिथिमा सुदूरपश्चिम सेवा समाजका भुतपुर्व अध्यक्ष भिम बहादुर सिंह थिए भने अन्य अतिथिहरुमा भरत चन्द, रमेश धामी, सिर्जना मल्ल, कमल गिरी, समीप क्षेत्री, सागर परियार, सुरेन्द्र कठायत, दीपक सिंह, शारादेबी ठकुराठी लगायत रहेका थिए ।

उक्त बिदाई तथा सम्मान कार्यक्रममा बिशेष अतिथि लगायत अतिथिहरुले आफ्नो शुभकामना मन्तब्य राख्दै मान बहादुर के.सी. ‘मुस्कान’ले समाजका लागि खेलेको भुमिकाको खुलेर नै प्रशंसा गरेका थिए । सोही अबसरमा ‘मुस्कान’लाई सम्मान पत्र सहित खादा ओडाएर भब्यताका सम्मान गरिएको थियो । युएईको बसाईमा समाज प्रति ‘मुस्कान’ले जुन भुमिका निभाएका थिए आगामि दिनहरुमा पनि उत्तिकै अग्रसर भएर काम गर्ने प्रेरणा मिलोस् र ‘मुस्कान’को नेपाल बसाई सुखमय रहोस् भनि सबैले शुभकामना दिएका थिए ।

बिगत लामो समय देखी यूएईमा कार्यरत ‘मुस्कान’ले उक्त बिदाई तथा सम्मान कार्यक्रममा बोल्दै आफुले सबैको साथ र सहयोगले संस्थामा काम गर्ने अबसर पाएको र काम गर्ने कर्ममा सहयोग गर्ने सम्पूर्ण पर्ती आभार प्रकट गर्दै आफ्नो जन्मभुमी फर्किए पनि आफुले समाजलाई निरन्तर सकिदो सहयोग गरी रहने बताए ।
सुदूरपश्चिममा हुने प्राकृति प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सकिदो सहयोग गर्नका लागि र बैदेशिक रोजगारीको शिलशिलामा यूएईमा कार्यरत नेपालीहरुको हितका लागि संगठित रुपले अघाडि बढ्न एक स्वतन्त्र / गैर राजनीतिक / गैर नाफामुलक संस्थाको रुपमा ‘हाम्रो परम्परा हाम्रो संस्कृति हाम्रो पहिचान, सहयोगार्थका लागि चेतना जगाउने अभियान’ भन्ने मुल नारा लिएर जैशीको अध्यक्षतामा ०२ जनवरी २०१५ का दिन सुदूरपश्चिम सेवा समाज यूएई गठन भएको थियो, संस्था गठन गर्नु मान बहादुर के.सी. ‘मुस्कान’ले महत्वपुर्ण भूमिका निर्बाह गरेका थिए । सुदूरपश्चिम सेवा समाज यूएई गठन भए देखि नै लगातार आपत्ति र बिपत्तीहरूमा मानबिय सहयोगका कार्यहरु गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको भरपर्दाे र विश्वसनीय संस्थाका रुपमा चिनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर