अप्रेशनको बेला एक महिला रोएको भन्दै अस्पतालले त्यसको पनि पैसा असुल्यो , बिल भयो भाइरल — OSNepal

अप्रेशनको बेला एक महिला रोएको भन्दै अस्पतालले त्यसको पनि पैसा असुल्यो , बिल भयो भाइरल

LC (KTM) October 02, 2021 0

सामाजिक सञ्जालमा अहिले एउटा पोष्ट एकदमै भाइरल भइरहेको छ । जसमा एक अमेरिकी महिलाले दाबी गरेकी छिन् कि सर्जरीको दौरान रोएको भन्दै त्यसको पनि पैसा असुलेको छ । महिलाले पोष्टको साथमा अस्पतालको बिलको तस्बीर समेत सार्वजनिक गरेकी छिन् । यो देखेर सबै जना छक्क परेका छन् । मिज नाम गरेकी एक महिलाले अनुहार बाट कोठी हटाउनका लागि गरेको अप्रेसनको बिलको एक तस्बीर सार्वजनिक गरेकी छिन् ।

अस्पतालको तर्फ बाट दिइएको बिलमा चिकित्सक तथा सर्जरी सेवा बाहेक रोएको भन्दै ११ डलर अर्थात १२९८ रुपैया अतिरिक्त शुल्क जोडिएको छ । ति महिलाको यो पोस्ट अहिले सामाजिक सञ्जालमा एकदमै भाइरल भएको छ । महिलाले लेखेकी छिन् कि कोठी हटाउनका लागि करीब २६ हजार ४४५ रुपैया खर्च भएको र त्यसमा रोएको समेत पैसा असुलेको बताएकी छिन् । युजर्सहरुले अस्पतालको चरम आर्थिक शोषण भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर